१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेको उपत्यका विशेष प्रदेशको ७५ सदस्यीय कमिटीमा को को परे ?

२३ असोज, काठमाडाैँ । नेकपा एमालेको अहिलेसम्म सम्पन्न भएको ६ प्रदेशको अधिवेशन मध्ये उपत्यका विशेष प्रदेशमा भने सबै सर्वसम्मत भएका छन ।  नेकपा एमालेको उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशनबाट प्रेम पराजुलीको अध्यक्षतामा सम्पूर्ण कमिटी सर्वसम्मत निर्वाचित भएको छ । निर्वाचन समितिका संयोजक घनेन्द्र श्रेष्ठले सबै पदमा सर्वसम्मत भएको दैनिकीलाई जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की निर्विरोध भएका छन । त्यस्तै सचिवमा पार्टी स्कुल विभागका सदस्य मिलेन धरेल निर्विरोध भएका छन । त्यस्तै उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन ।

गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको सदस्यहरू पनि सबै निर्विरोध निर्वाचित भएका छन । कुल तीन सय चार प्रतिनिधि रहेको अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन ।

यस्तो छ निर्वाचितहरूको बिबरण

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार ०९:२०