सोमबार नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
२२ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । बजार आज १३ दशमलव ४६ अकंले घटेर १९०७ दशमलव ७८ बिन्दुमा बन्द भएको छ । सोमबार २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार रुपैयाँको कारोबार भएकोछ ।
आज सेयर बजारमा गिरावट आउँदा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख ३२ हजार रुपैयाँ, हिमालयन लघुवित्तको ३ करोड ११ लाख ६८ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख ३८ हजार रुपैयाँ र शिवम् सिमेन्टको २ करोड ८१ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १५:३४












