डोल्पाको ठूलीभेरी नगरपालिकामा जीप दुर्घटना १० जनाको घटनास्थलमै मृत्यु, दुर्इ जनाको उद्धार
१९ कात्तिक, काठमाडाैँ । डोल्पामा ठूलो मानवीय क्षति हुनेगरी जीप दुर्घटना भएको छ । सोमबार डोल्पाको ठूलीभेरी नगरपालिका- ९ मा जीप दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख अवदेश विष्टले दैनिकीलार्इ जानकारी दिए । विष्टले दैनिकीलार्इ दिएको जानकारी अनुसार दुर्घटनामा २ जनालार्इ घाइते अवस्थामा उद्धार गरिएको छ ।
प्रहरी प्रमुख विष्टका अनुसार दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६११ नम्बरको जीप ठूलीभेरी-९ मा दुर्घटनामा परेको हो । जीप कालागौँडादेखि १५० मिटर अगाडि भीरबाट खसेको छ। मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन्। घटनाको बाँकी विवरण आउन बाँकी छ।
प्रकाशित मिति : 17:02









