६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

एकै दिन १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२२ असोज, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन आइतबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार ११:१०