१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नुवाकोट कांग्रेसको कोषाध्यक्षमा प्रल्हाद पन्त, प्रवक्तामा नारायणप्रसाद अधिकारी

२१ असोज, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको कोषाध्यक्षमा प्रल्हाद पन्त मनोनित भएका छन । नेपाली कांग्रेस जिल्ला कर्यसमिति नुवाकोटको बैठकले पार्टीको जिल्ला कोषाध्यक्षमा पन्तलाई मनोनित गरेको हो । शनिबारको बैठकले पन्तलाई कोषाध्यक्षमा मनोनित गरेको सचिव बैकुण्ठ मिश्रले दैनिकीलाई जानकारी दिए ।

सोही बैठकले पार्टीले जिल्ला कार्यसमितिको प्रवक्तामा जिल्ला कार्यसमिति सदस्य नारायण प्रसाद अधिकारी र जिल्ला कार्यसमितिकै सदस्य मन्जु बुढाथोकी (ढकाल) महिला विभाग प्रमुखमा मनोनित गरेको सचिव मिश्रले बताए । बैठक लगत्तै तीन जनालाई खादा लगाएर जिल्ला सभापति रमेश महत लगायतका नेताहरूले मनोनितहरूलाई बधाई दिएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार ११:०७