१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बचतकर्ताको ४ करोड बढी हिनामिना गर्ने देउराली बहुद्देश्यीय सहकारीका अध्यक्ष चौलागाई पक्राउ

१८ असाेज, काठमाडाैं । देउराली बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । बचकर्ताको चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिनाको आरोपमा चौलागाईलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले पक्राउ गरेकाे हाे । सहकारीका सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाएर निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगि गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ/ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै  बचतकर्ताले उनीविरूद्ध उजुरी दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १६:४२