६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ असाेज, काठमाडाैं । नेपाली बजारमा साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको थियो। बुधबार पनि चाँदीको मूल्य स्थिर रहँदै १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ११:०६