१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

सिनर्जी पावरको हकप्रद बाँडफाँड, ५ लाख ६३ हजार कित्ता सेयर लिलाम बिक्री हुने

१८ असाेज, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडकाे हकप्रद सेयर बाँडफाँड भएकाे छ । कम्पनीले २ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर असोज १६ गते बाँडफाँड भएकाे हाे ।

कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। कम्पनीले निष्काशन अवधिभर रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना सेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६१४ कित्ता सेयर बाँडफाँड गरेको हो। अब बाँडफाँडमा नपरेकाे ५ लाख ६३ हजार २६१ कित्ता सेयर कम्पनीले लिलाम मार्फत बिक्रीमा ल्याउने छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : October 5, 2023 at 10:19 am