दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
१७ असाेज, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा सामान्य सुधार आएकाे छ । आज नेप्से ९.२४ अकंले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ । आज नेप्सेमा सूचीकृत २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६ करोड ९३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल लाइफको ४ करोड ३० लाख ९१ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ४१ लाख ८६ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड १३ लाख ४३ हजार रुपैयाँ र सन लाइफ इन्स्योरेन्सको ३ करोड १ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १५:२३












