४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

भारतीय सेनाका २३ जना जवानलाई टिस्टा नदीको बाढीले बगायो

१७ असाेज, काठमाडाैं । भारतको सिक्किमस्थित टिस्टा नदीको बाढीले बगाउँदा भारतीय सेनाका कम्तीमा २३ जना जवानलाई बगाएको छ। बुधबार भारी वर्षापछि आएको बाढीमा परेर २३ जना भारतीय सेनाका जवान बेपत्ता भएका हुन्।

ल्होनक तालमाथि मंगलबार मध्यराति परेकाे भीषण वर्षाका कारण लाचेन उपत्यकास्थित टिस्टा नदीमा अचानक बाढी आएको भारतीय रक्षा मन्त्रालयले जनाएकाे छ ।

बाढीका कारण सिन्गताम नजिकै बारदाङ्गमा राखिएका सेनाका ४१ वटा गाडी पनि बगेका छन्। सेनाका अनुसार अचानकको भीषण वर्षाका कारण टिस्टा नदीको जलस्तर १५ देखि २० फिटसम्म बढेको छ। त्यसपछि नदीसँग जोडिएको क्षेत्रमा पानी भरिएको छ। कयौँ घरमा बाढीको पानी पसेको छ। मानिसहरुलाई ती घरबाट उच्च स्थानमा निकालिएको छ।

गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार घटनापछि बेपत्ता सेनाको खोजीका लागि उद्धार अपरेशन थालिएको छ। स्थानीय प्रशासन पनि अहिले उद्धारमा जुटेको छ।

प्रकाशित मिति : October 4, 2023 at 2:03 pm