२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

ग्लोबल आइएमई क्यापिटलको सीईओमा दरखास्त आह्वान

१७ असाेज, काठमाडाैं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा दरखास्त खुलेको छ।

क्यापिटलले एक सूचना जारी गर्दै सीईओ पदमा दरखास्त खुला गरेको हो। क्यापिटल मार्केट र इन्भेस्टमेन्ट बैंकिङमा दक्षता रहेका योग्य नेपाली नागरिकले सीईओ पदमा दरखास्त दिन सक्नेछन्। ५५ वर्ष मुनिका योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्। दरखास्त ई–मेल वा काठमाडाैंकाे नक्सालस्थित क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

प्रकाशित मिति : 13:41