१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

कोशी प्रदेशमा मध्यावधितर्फ गए १५ सिट बढाउँछौँः अध्यक्ष ओली

१७ असाेज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अघि बढ्न दलहरूलाई आग्रह गरे । अहिले मध्यावधितर्फ जानु उचित नभएको उनको तर्क छ ।

बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले मध्यावधिमा गए एमालेबाहेक अरू दलको सिट घट्ने टिप्पणी गरे । ‘अहिले हामीले ४० सिट जितेका छौँ, उनले भने, ‘अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’

यस्तै उनले गलत मनसायले देशमा विद्वेष फैलाउने कार्य भइरहेको समेत बताएका छन् । ओलीले धार्मिक, साम्प्रदायिक अतिवाद र विद्वेष फैलाउने काम नराम्रो भएको र यो देश र जनताको हितमा नहुने भएकाले सरकार संवेदनशील हुनुपर्ने बताएका हुन् ।

उनले भने ‘कसैले नउकासी यस्ता धार्मिक तथा साम्प्रदायिक विद्वेष फैलाउने काम हुँदैन, यो देश र जनताका लागि राम्रो होइन, हितकर होइन । आफ्ना अभिष्ट पूरा गर्नका लागि यस्ता गतिविधि गरिएको छ ।’

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १२:५८