१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

१६ असाेज, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अकंले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ । आज २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १९ करोड ९१ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ३० लाख ७० हजार रुपैयाँ, रिलायबल लाइफको ३ करोड ७२ लाख ६२ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ६८ लाख २१ हजार रुपैयाँ र सन लाइफ इन्स्योरेन्सको ३ करोड १७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १५:२२