१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

१६ असाेज, काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। नेप्सेमा बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो।

नेप्सेमा बैंकको १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार ३६६ इकाइ ऋणपत्र सूचीकृत भएको हाे । १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रलाई नेप्सेले ‘एसबीआईडी८९’ कारोबार संकेत प्रदान गरेको छ। भोलीबाट ऋणपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १३:१७