एनआईसी एसिया ग्रोथ फन्ड-२ ले पायो १ अर्ब रुपैयाँको इकाइहरु निष्कासन अनुमति
१६ असाेज, काठमाडाैं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया ग्रोथ फन्ड–२ ले इकाइहरु निष्कासन गर्ने भएकाे छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट उक्त म्युचुअल फन्डका इकाइहरु निष्कासनका लागि अनुमति पाएकाे हाे । उक्त योजनाको १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँबराबरको कुल १० करोड इकाइ इकाइ निष्कासन गर्नेछ । यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।
प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ११:३८












