१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गरौँः राष्ट्र बैंक

१६ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सजग भइ डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो  आग्रह गरेको हो।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने राष्ट्र बैंकले जनाएको छ। ‘यस्ता सेवाले आफैँ उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सीधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने गर्दछ’, राष्ट्र बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ।

डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनका लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुर्याउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने राष्ट्र बैंकले प्रस्ट पारेको छ। ‘त्यसैले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेरमात्र कारोबार गर्नुपर्दछ’, सूचनामा भनिएको छ।

प्रकाशित मिति : October 3, 2023 at 9:33 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/