एनआइसी एशिया बैंकसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
१५ असाेज, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५.१९ अकंले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ । सोमबार २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार बढ्दा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २१ करोड ६८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ८९ लाख ६४ हजार रुपैयाँ,सोल्टी होटलको ८ करोड १० लाख ६४ हजार रुपैयाँ, एभरेष्ट बैंकको ५ करोड ३१ लाख ८१ हजार रुपैयाँ र रिलायबल लाइफको ४ करोड ७२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १५:४६












