१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले कर्णालीः ताराजाली राखेर मतगणना हुँदै, निर्वाचन समितिका शाही प्रहरीबाट कुटिए

१५ असोज, काठमाडाैँ । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणनामा विवाद हुँदा निर्वाचन समितिका सदस्य अनेरास्ववियुको केन्द्रीय निर्वाचन अायोगका अध्यक्ष सत्य शाही कुटिएका छन । उनलाई प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन । निर्वाचन मण्डलका सदस्यलाई नै प्रहरीले मतगणनास्थलबाट निकालेपछि केहीबेर प्रहरीसँग झडप समेत भएको थियो ।

विरेन्द्रनगरमा जारी एमाले कर्णालीको अधिवेशनमा कार्यकर्ताको बीचमा कुरा नमिल्दा मतगणनास्थल सिटी हलमा तोडफोड समेत भएको छ । प्रदेश अधिवेशन निर्वाचन मण्डलका सदस्यलाइ नै मतगणनास्थलबाट प्रहरीले निकालेपछि स्थिति असामान्य बनेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १५:५९