१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

१० लाख भारतीय रुपैयाँ र दुईवटा भ्यानसहित तीन जना पक्राउ

१५ असाेज, काठमाडाैं । १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट आइतबार १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको महाराजगंज सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुरका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपि शैलेन्द्र थापाले जानाकारी दिए ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यान जाँच गर्दा १० लाख भारुसहित उनीहरूलाई नियन्त्र०मा लिइएको हो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको उनले जानकारी दिए । उल्लेखित रूपैयाँ र दुईवटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ११:२३