१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

सोनापुर मिनरल्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

१५ असाेज, काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा ५७ करोड ६३ लाख ९० हजार ४६२ रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार असोज १४ गते साँझसम्ममा कम्पनीकाे आईपीओमा २ लाख ५ हजार ९५० जनाले २४ लाख २६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री खुला गरेका छ। कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ ल्याउनेछ। जसमा स्थानीयलाई जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी १४ लाख ३ हजार ५ कित्ता सेयर थप गरिएको छ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो। सो मध्ये पहिलो चरणमा उद्योग प्रभावित स्थानीयका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ बिक्री गरिसकेको छ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बाँडफाँड गरिसकेको छ।

कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ। अब स्थानीयमा बिक्री नभएको कित्तासहित कुल ९७ लाख ३२ हजार ५४४ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १५ लाख कित्ताका लागि छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गतेसम्म  आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

लगानीकर्ताले यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १०:२९