३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

एमाले कोशी अधिवेशन: उपाध्यक्षसहित ४९ जना निर्विरोध

१४ असाेज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा एक उपाध्यक्षसहित ४९ जना निर्विरोध भएका छन्। उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार एक उपाध्यक्ष र ४८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । अब चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुनेछ। १६६ पदका लागि साझ सात बजेबाट सुरु गर्ने तयारी रहेकाे उनले बताए।

प्रदेश अध्यक्षका लागि मोरङ लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी सचिवमा भने पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा हुन लागेको छ। यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रकाशित मिति : 18:37