निर्मला हत्याकाण्डको अनुसन्धानका लागि यो हुनसक्छ गतिलो प्रमाण (प्रहरीबाट प्राप्त अडियोसहित)
१८ कात्तिक, कञ्चनपुर । निर्मला हत्याकाण्ड सँग जोडिएका अधिकांश प्रमाण मेटाइएपछि प्रहरीले नै बलात्कारी–हत्यारासम्म पुग्ने कुनै सुराक नपाइरहेका अवस्थामा दैनिक मानसखण्डले घटना सम्बन्धमा प्रहरीले केरकार र सोधपुछ गरेका व्यक्तिहरुबीच भएका पाँच वटा टेलिफोन कुराकानीका क्लिप प्राप्त गरेको छ ।
प्रहरीवृत्तबाट उपलब्ध गराइएका ती क्लिपको गहन अध्ययन गरेपछि अनुसन्धानकर्तालाई घटनाको वास्तविक तस्विर बुझ्न सजिलो हुन देखिन्छ । दैनिक मानसखण्डले ती क्लिप आफ्नो आधिकारिक यूट्यूब च्यानलमा अपलोड गरेको छ । क्लिपमा शिशिर ठगुन्नासँग वर्खासीमा परेका एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणमा मिल्ने साथी साजन बुढाऐरको सम्वाद रहेको छ । चारैजना निर्मला हत्याकाण्डको अनुसन्धानको घेरामा रहेका छन् । त्यसका साथै डिल्ली विष्टका एक भतिजाले शिशिरसँग गरेको कुराकानी को क्लिप पनि प्राप्त भएको छ । साभार ः दैनिक मानसखण्ड ।

प्रहरी स्रोतबाट प्राप्त भए पनि अहिलेसम्म ती क्लिप अनुसन्धान टोलीहरुसँग नरहेको पनि जानकारी प्राप्त भएको छ । ती क्लिपको दैनिक मानसखण्डले पनि विश्लेषणात्मक अध्ययन गरिरहेको छ । शिशिर र अन्य तीनजनाबीच करिब दुई महिना अगाडि भएका टेलिफोन कुराकानीयुक्त ती क्लिप सुन्न यूट्यूबको लिंक क्लिक गर्नुहोस् ।
प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार १४:१३












