१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

सुन तस्कर खोज्न उच्चस्तरीय समिति गठन गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो

१४ असोज, काठमाडौँ । सरकारले दलहरूबीच भएको पूर्व सहमति अनुसार सुनतस्करीको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्ने भएको छ । आइतबार बिहान सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरूको बीचमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै समिति गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

सोही क्रममा उनले तत्कालै मन्त्रिपरिषद्को बैठक बोलाएका छन । १ बजेको संसद बैठक अघि नै समिति गठन गरिने भएको छ । करिब दुइ महिना अघि नै संसदमा रहेका राष्ट्रिय दलहरूको बीचमा सुन तस्करी अनुसन्धान गर्न समिति गठन गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १२:०१