६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दशैँको मुखमा सुनकाे मूल्यमा निरन्तर गिरावट, कतिमा पुग्याे ताेलाकाे ?

१४ असाेज, काठमाडाैं । दशैँको मुखमा नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएकाे छ । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सुनको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार ११:००