मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त
१२ असाेज, काठमाडाैं । मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ। हाइड्रोपावरको कम्पनी सञ्चालक समितिको निर्णयअनुसार आज असोज १२ गतेबाट लागू हुाेगरी एनआईसी एसिया क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।
अब एनआईसी एसिया क्यापिटलले मिड सोलुको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।
प्रकाशित मिति : September 29, 2023 at 10:49 am









