१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सर्लाहीमा जलाउन लागेको शव चिताबाट बरामद, श्रीमानसहित ३ जना पक्राउ

११ असाेज, काठमाडौं । सर्लाहीमा जलाउन लागिएको एक महिलाकाे शव प्रहरीले चिताबाट बरामद गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ की २१ वर्षीया मनिषा साहको शव जलाउन लागिएको अवस्थामा प्रहरीले चिताबाट बरामद गरेको हाे ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव शंकास्पद देखिएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र  पंजियारले जानकारी दिए ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १२:५२