६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनको मूल्यमा भारी गिरावटः दुई दिनमै घट्याे २२ सयले, कतिमा हुँदैछ काराेबार ?

११ असाेज, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो दुई दिनमा सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार पनि चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार ११:०५