२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

आज सेयर बजार बन्द, अब आइतबारबाट मात्रै खुल्ने

११ असोज, काठमाडौं । आज असाेज ११ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । त्यसैले आज काठमाडौं उपत्यकाको सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार आइतबार बिहान ११ बजे मात्रै खुल्नेछ । बुधबार नेप्से सूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा झरेकाे छ ।

प्रकाशित मिति : 10:26