१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

अपि पावरको हकप्रद सेयर बाँडफाँड

१० असाेज, काठमाडाैं । अपि पावर कम्पनीकाे हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर असाेज ८ गते बाँडफाँड भएको हाे ।

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये निष्काशन अवधिभर रीतपूर्वक आवेदन दिने १ लाख १० हजार ५६१ सेयरधनीहरुलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बाँडफाँड गरिएको हो।

बाँडफाँटमा नपरेको सेयर बापतको रकम असोज १२ गते शुक्रबारदेखि आईपीएसमार्फत सेयरधनीहरको खातामा रकमान्तर गरिने छ।

सो अवधिमा आवेदनमा नपरेको सेयर भने कम्पनीले लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्नेछ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १०:१२