२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

राष्ट्रिय झण्डाको अपमान गरे तीन वर्ष कैद, के कसुरमा कति हुन्छ सजाय ?


१० असोज, काठमाडौँ । एउटा मान्यता छ कानुन नजान्न र नमान्न पाइदैन । तर नेपालमा कानुनको उलंघन गर्नेहरूकै ठूलो स्वर हुने र उनीहरूले नै जित्ने अवस्था रहेको छ । जसका कारण सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान नै बनेको छ । यहाँ निमुखाहरूले मात्र कानुनको इमान्दारिता पूर्वक पालना गर्छन बाँकीले गच्छेअनुसार कानुनको दुरूपयोग र उलंघन गरिरहेका हुन्छन । यद्यपी कानुनको नजरमा कोही होचो र अग्लो भन्ने हुँदैन् ।

कानुनले अपराध वा उसले गरेको कसुरको आधारमा सजायको व्यवस्था गरेको छ । सजाय कैद र जरिवार दुबै वा कुनै एक हुने गरी व्यवस्था गरेको छ । विभिन्न कसुरमा हुने सजाय संकलन गरेर अधिवक्ता राधिका सापकोटाले सामाजिक सञ्जालमा प्रस्तुत गरेको विवरण हामीले यहाँ प्रस्तुत गरेका छौँ । कसुर अनुसार सजायको मात्रा भने फरक फरक रहेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?

नेपालको राष्ट्रिय झण्डाको अपमान वा दुरूपयोग गर्नेलाई तीन वर्ष कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, मुलुकी देवानी संहिता २०७४ सहित विभिन्न कानुनमा रहेको कसुर र त्यसको सजायसम्बन्धी व्यवस्थाहरूको संकलन यहाँ प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०८:५१