आज एनआइसी एशिया बैंकसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
९ असाेज, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । दुई दिन ओरालो लागेकाे बजार आज भने दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सन्च (नेप्से) आज १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ । मंगलबार २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार बढ्दा एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंककाे ८ करोड ३४ लाख ६६ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५३ लाख ६२ हजार रुपैयाँ, रिलायबल लाइफ इन्स्योरेन्सको ७ करोड ३१ लाख ४८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड ९८ लाख १४ हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ५ करोड ७१ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १५:२३












