१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

दूध बेचेर करोडौँ गाउँ भित्र्याउँदै किसान

९ असोज, बलेवा (बागलुङ) । जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् । जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत बजारमा दूध पुर्याउने गरेका छन् । सङ्घबाट यहाँका किसानले एक वर्षमै रु सात करोड ३४ हजार १९ गाउँमा भित्र्याउन सफल भएका हुन् ।
उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकले आम्दानी गरेका हुन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७९÷८० मा सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरेर सहरको पैसा गाउँमा पुर्याएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–८ मा रहेको गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मीनप्रसाद कँडेलले बताए ।
काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका सेयर सदस्यले मात्रै दैनिक तीन सय लिटर दूध सहकारी सङ्घलाई बजारमा पठाउने गरेको किसान बताउँछन् । “यो वर्ष हामीले राम्रो दूध उत्पादन गरेका थियौँ, किसानको मेहनत हेरेर राज्यका निकायले पनि सहयोग गर्न जरुरी छ”, उनले भने, “पशुधनबाट हुने आम्दानीले किसानले जिविका चलाउन सक्ने बनाउनुपर्छ ।” चौधवटा सहकारीका सेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घलाई उपलब्ध गराउने गरेका छन् ।
बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका सेयर सदस्य किसानबाट रु नौ करोड बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए । “हामीले सहकारीमा आबद्ध किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गरेका छौँ”, उनले भने, “पशु बीमा, औषधिलगायतका कार्यक्रम सञ्चालन गरेर किसानलाई सङ्घले विभिन्न तरिकाबाट सहयोग गरिरहेको छ ।”् उनका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज हुने गरेको छ ।
विसं २०५७ मा स्थापना गर्दा दूध सङ्कलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनेको छ । सङ्घले स्थापना गरेको दुग्ध उद्योगबाट छुर्पीलगायतका उत्पादन विदेश निर्यातसमेत हुने गरेका छन् । सङ्घमा मात्रै १५ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । सङ्घमा आबद्ध १४ वटा सहकारीका सङ्कलन केन्द्रका कर्मचारी, ढुवानी कर्मचारीलगायतको जनशिक्तको व्यवस्थापन हुँदा ४० जना बढी युवा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारीमा जोडिएको अध्यक्ष गौतमले बताए ।
दूधलाई एकत्रित गरी ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तैः घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी सङ्घका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिए । सङ्घले किसानको दूधको मूल्य तिरेर बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवर्द्धनात्मक काममा लगानी गर्ने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झण्डै एक हजार पाँच सय किसानले धेरै–थोरै दूध बजारीकरणका लागि पठाउँछन् ।
सङ्घमा आबद्ध भइनसकेका जिल्लाको दक्षिण क्षेत्रका किसानले पनि सहकारीमा आबद्ध भएर करोडौँको दूध बिक्री गर्ने गरेका छन् । सहकारीले एकलरूपमा रु एक करोड बढीको दूध उत्पादन र बिक्री गर्ने गरेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए । कालीगण्डकी, नवनमूना, नारायणस्थान, पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दूध पोखरा निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : 11:14

प्रतिक्रिया

dainiki

ताजा

दक्षिणी लेबनानमा इजरायली आक्रमण, पत्रकारसहित ५ जनाको मृत्यु

१० वैशाख, इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको

काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउछन् सेयर ?

मन्त्रिपरिषद बैठक बस्दै

लोकप्रिय

बिचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार


कामु प्रधानन्यायाधीशको परिवारकै सदस्य पनि दीपक भट्टको साझेदार


सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक नै दीपक भट्टको साझेदर, कसरी हुन्छ निष्पक्ष अनुसन्धान ?


सेयर बजारमा कृत्रिम कारोबार गराएर तीन अर्बको चलखेल


नेपाल माइक्रो इन्स्योरन्समा श्रीमतीको नाममा सेयर छैनः सुजन ओली


सम्बन्धित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

८ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक

विषादीरहित तरकारी उत्पादनमा किसान

६ वैशाख, कैलाली । कैलालीका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य

‘ब्रान्ड’ बन्दै ‘जस्बिरे चिया’

५ वैशाख, इलाम । विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको

बहराइनबाट फर्केर घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

४ वैशाख, म्याग्दी । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com