२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पुष्प मेला अवलोकन गर्नेको भिड, ५० लाख बढीको कारोबार (फोटोफिचर)

१७ कात्तिक, काठमाडाैँ । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैंयाको फूल बिक्री भएको छ ।

प्रदेश नं ३को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरिरहेको छ । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि तेस्रो दिनसम्ममा नै ५० लाख बढीको कारोबार भएको हो । अब आइतबार समेत गर्दा ६२ लाख बढीको कारोबार हुने आँकलन एशोसिएसनले गरेको छ । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश छन् । मेला आइतबार सकिँदैछ ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका छन् ।

२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

 

 

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार १४:३१