माछापुच्छ्रे बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?
७ असोज, काठमाडौं । साताको पहिलाे कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १९.४२ अकंले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको छ । आज २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजार घट्दा पनि माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १३ करोड २४ लाख ९८ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७३ लाख ६१ हजार रुपैयाँ, शिवम् सिमेन्टको ९ करोड १२ लाख ९६ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ८ करोड ७५ लाख ५१ हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ६९ लाख ९८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १५:२३












