६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

७ असोज, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सुनको मूल्य सामान्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार ११:१०