दुई इन्स्योरेन्स कम्पनीकाे सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
४ असाेज, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल आएको छ । सेयर धितो कर्जामा १२ करोडको सीमा हट्ने हल्लाले बजारमा उच्च अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.३४ अकंले बढेर २०२९.७८ बिन्दुमा बन्द भएको छ ।
आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । आज सेयर बजार बढ्दा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड १८ लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख ५८ हजार रुपैयाँ शिवम् सिमेन्टको १० करोड ५२ लाख ७९ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ९ करोड ५६ लाख ५९ हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ९ करोड ५१ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १५:३५












