दुई योजनाको प्रतिफल इकाईधनीहरुको बैंक खातामा जम्मा
४ असाेज, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।
यी दुई योजनाहरुले आर्थिक वर्ष २०७९/८०का घाेषणा गरिएकाे नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाइएको हाे । कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षका लागि कर सहित ६ प्रतिशत र कुमारी इक्विटी फण्डले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको थियो।
हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिएकाे क्यापिटलले जनाएको छ। साथै डिम्याट खातामा बैंक खाता अध्यावधिक गर्न बाँकी इकाइधनीहरुले तत्काल अध्यावधिक गर्न पनि क्यापिटलले आग्रह गरेको छ।
प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भदौ १८ गते बुकक्लोज गरेका थिए। यसकाे अर्थ भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। यी योजनाहरुको योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक कुमारी बैंक लिमिटेड रहेको छ।
प्रकाशित मिति : September 21, 2023 at 10:08 am









