५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

होण्डाको ईलिभेट कार नेपाली बजारमा, मूल्य कति ?


३ असाेज, काठमाडाैं । नेपालमा होण्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिब कम्पनी प्रा. लि. ले मंगलबार होन्डा शोरुम, धोबीघाट, ललितपुरमा एक लन्च कार्यक्रम मार्फत नयाँ होण्डा एलिभेटको आगमनको घोषणा गरिएको छ ।

कम्पनीका अनुसार होन्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र थप रु ७५ हजार छुट साथै निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको छ । उक्त कारमा पाङग्रा पछिको हरेक पल वृद्धि गर्न सेट जडान गरिएको छ भने विशिष्ट फ्रन्ट ग्रिल समेत राखिएको छ । डेढ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होण्डा एलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार देखि सुरु हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, ७९ लाख ४४ हजार रुपियाँसम्मका विभिन्न मोडेलहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

विभिन्न भेरियन्टको मूल्य सूचीः 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०९:४६