१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?


३१ भदाै, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार ११:३३