१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

हास्दै पाैडी खेलिरहेका सशस्त्र प्रहरीका जवान राजेन्द्र बुढा सेती नदीमा वेपत्ता

१६ कात्तिक, बझाङ । हास्दै पाैडी खेलिरहेका सशस्त्र प्रहरीका जवान राजेन्द्र बुढा सेती नदीमा वेपत्ता भएका छन  ।  सेती नदी नुहाउने क्रममा बुढा वेपत्त भएका छन । बिहीबार दिउँसो १:३० बजे को समयमा सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ बर्षिया बुढा बगेर बेपत्ता भएको र उनको हालसम्म अवस्था पहिचान नभएको प्रहरीले जनाएको छ ।

दुई जना अरु साथी संग नुहाउन सेती नदीमा गएका बुढा पौडी खेल्दै गर्दा सदरमुकाम चैनपुर नजिकै वेपत्ता भएका हुन । प्रहरी नायब उपरिक्षक प्रविण धितालका अनुसार पौडी खेलेर एक सय मिटर तल जाँदासम्म बुढा हाँस्दै थिए र पछि एक्कासी डुबेर बेपत्ता भएका  थिए ।

बेपत्ता सशत्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यलय बाट प्रहरीको टोली,नेपाली सेना र सशत्रप्रहरीको टोली र स्थानीय बासीहरुले खोजीकार्य जारी राखेका भए पनि उनको अवस्था पत्ता लागेकको छैन ।

प्रकाशित मिति : 18:04