२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

त्रिशुली अस्पतालमा भ्रष्टाचारमा साक्षी बस्न नमान्दा बायोमेडिकल इन्जिनियरको दरबन्दीनै चैट


-प्रतिमा मुडभरी 

३१ भदौ, काठमाडाैँ । नुवाकोटको त्रिशुली अस्पताल भ्रष्टाचारको भासमा पर्दै गएको छ । नेपाली कांग्रेसका नेताहरूका कारण विगतमा छि भनेर मुख फर्काएर हिड्नुपर्ने अवस्थामा पुगेको अस्पताल नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूको पहलकदमीले केही राम्रो भैरहेकोमा पछिल्लो समय सत्ताको फेरबदलको फाइदा उठाउँदै अस्पताललाई फेरि पुरानै अवस्थामा पुर्याउने खेल भएको छ । हव अस्पतालको रूपमा प्रदेश सरकार र संघीय सरकारबाट अस्पतालले प्राप्त गर्ने बजेट दुरूपयोग गर्न बायोमेडिकल इन्जिनियरको दरबन्दीनै चैट पारिदिएका छन ।

निक साईमन्स इन्स्टिच्युटले सहयोगमा उपलब्ध गराएको दरबन्दीका बायोमेडिकल इन्जिनियर प्रदीप घिमिरेले खरिदको भ्रष्टाचारमा साक्षी बन्न नमानेपछि उनको दरबन्दीनै आवश्यक नभएको भन्दै अस्पतालले पत्राचार गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रतीक सिंहले निक साईमन्समा औपचारिक पत्राचार नै गरेर घिमिरे कार्यरत रहेको बायोमेडिकल इन्जिनियरको दरबन्दीनै कोल्याप्स पारिएको छ । उक्त इन्जिनियरको काम टेक्निसियनले नै गर्ने कुरा अस्पतालले उल्लेख गरेकोछ  ।

अस्पतालले स्टिस्क्यानसहितको मेसिन खरिदका लागि पक्रिया अघि बढाएको थियो । त्यसका लागि अस्पतालले एक समिति बनाएको छ । उक्त समिति मातहतमा बायोमेडिकल इन्जिनियर घिमिरे संयोजक रहेको उपसमिति बनेको थियो । उक्त उपसमितिमा घिमिरेसहित टेक्निसियन अनु नेपाली र डेन्टल विभागका प्रमुख समेत रहेका चिकित्सक डा सर्जु श्रेष्ठ सदस्य रहेका थिए । उक्त उपसमितिलाई लिखित रूपमा सिटीस्क्यान खरिदका लागि स्पेशिफिकेशन तयार गर्न भनिएको थियो ।

तर लिखित पत्रको केही घण्टापछि नै संयोजक घिमिरेको हातमा केही पन्नाको कुनै सप्लायर्सले तयार पारेको स्पेशिफिकेशन हातमा थमाएर त्यसमा हस्ताक्षर गर्न अनुरोध गरिएको थियो । घिमिरेले अध्ययनका लागि समय माग गरेपछि एक दिनको समय उपलब्ध गराइएको थियो । त्यसपछि उनले ठूलो रकम भ्रष्टाचार गरेर कमशल सामान प्रयोग गर्नका लागि तयार गरिएको उक्त स्पेशिफिकेशनमा हस्ताक्षर गर्न अस्वीकार गरे ।

घिमिरेले हस्ताक्षर गर्न नमानेपछि फकाउने र धक्काउने दुबै काम भयो तर उनले बरू जागिर जाओस तर अनियमित काममा सहभागी हुन्न भनेपछि अस्पतालका मेडिकल सुपरीण्टेन्डेन्ट डा सिंहले उनको दरबन्दीनै चैट पार्ने गरी निक साइमन्सलामेडिकल सुपरीण्टेन्डेन्ट डा प्रतीक साईमन्सलाई पत्राचार गरेका थिए । ८ करोडभन्दा बढीमा मूल्यमा उक्त मेसिन किन्ने तयारी अस्पताल प्रशासनले गरेको स्रोतले बतायो ।

दैनिकीले घिमिरेसँग बुझ्दा उनले माथिको आदेश भन्दै आफूलाई सिटीस्क्यान मेसिनको बनिबनाउ स्पेशिफिकेसनमा हस्ताक्षर गर्न अनुरोध गरिएकोमा नियमविपरितको काम भएकाले अस्वीकार गरेको जानकारी दिए । उनले कुनै एक कम्पनीलाईमात्र टेण्डर पर्ने गरी तयार पारिएको स्पेशिफिकेसनमा हस्ताक्षर गर्न मनले नमानेको बताए । उनले क्लोज सिस्टममा कुनै एक कम्पनीलाई मात्र ठेक्का पार्ने गरी काम गर्नु अपराध सरह नै हुने भएकाले आफूले तीन दिनको कार्यादेशमा केही पनि नगरेको बताए ।

हामीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सिंहसँग बायोमेडिकल इन्जिनियरको दरबन्दी नै खाइदिनुभएछ कति कमिसनको कुरा भएको थियो केमा कुरा मिलेन भनेर प्रश्न गर्दा उनले जवाफ दिनेभन्दा पनि विषयान्तरको प्रयास गरे । डा सिंहले अस्पतालमा अर्कै चिकित्सक आवश्यक भएकाले बायोमेडिकल इन्जिनियर नचाहिने भनेर पत्राचार गरेको बताए । तर डा सिंहले पत्राचार गरेको पत्रमा अर्को चिकित्सकका लागि बायोमेडिकल इन्जिनियर नचाहिने भन्दा पनि टेक्निसियनले काम चल्ने भएकाले उक्त दरबन्दी नचाहिने भनेर उल्लेख गरिएको छ । जुन कुरा पत्रमा हेर्न सकिन्छ ।

दरबन्दी बदरका लागि अस्पतालले इन्सटिच्युटका लागि लेखेको पत्र ।

अनियमितता छोप्न विषयान्तरको प्रयास 

त्रिशुली अस्पतालले भ्रष्टाचारको योजना सबै छताछुल्ल हुने भएपछि अस्पतालमा प्रसुती रोग विशेषज्ञ पनि आवश्यक भएकाले बायोमेडिकल इन्जिनियर नचाहिने तर्क गरेको छ । यसका लागि मौखिक रूपमा अन्य सरोकारवाला निकायमा पनि बनिबनाउन जवाफ तयार पारिएको छ । अस्पतालको यस खाले भ्रष्टाचारमा निक साईमन्स इन्स्टिच्युटले समेत साथ दिएको बुझिएको छ ।

हब अस्पतालको रूपमा सञ्चालिक भएर निक साईमन्सको परियोजना सञ्चालन भएको अस्पतालमा बायोमेडिकल इन्जिनियर अनिवार्य गरिएको छ तर अस्पतालको सेटिङमा इन्स्टिच्युटले पनि साथ दिँदै प्रसुति विशेषको आवश्यकता बारेमा व्याख्या जवाफको रूपमा तयार राखेको अस्पताल स्रोतले जनाएको छ । करोडौँको कारोबार गर्ने निक साईमन्सका कामहरू अपारदर्शी रहेको भन्दै समय समयमा त्यसको बिरूद्धमा आवाज उठ्ने गरेको छ । तर पनि सरोकारवाला निकाय कमिसनको हिसाकिताबामा सबै कुरा सदर गरेर बसेको छ ।

मेसुको सरूवा बदर गराएर निमित्त चलाउँदैछन अस्पताल

अस्तपालमा कार्यरत दशाैँ तहका मेसूडा दिपेन्द्र पाण्डेलाई हटाइएको थियो । पाण्डेलाई हटाए पछि उनको स्थानमा हेटौँडा अस्पतालमा दरबन्दी भएर मन्थली जिल्ला अस्पतालमा कार्यरत रहेका अधिकृत आठौँ डा गगन अधिकारीको सरूवा गरिएको थियो तर अधिकारीलाई हाजिर गर्न रोकिएको थियो । अधिकारीलाई हाजिर नगराइ सरूवा रद्द गर्ने निर्णय भयो । पाण्डेको सरूवा भैसकेको र अधिकारीले पनि हाजिर गर्न नपाएपछि रिक्त रहेको मेसुमा अस्पतालमै कार्यरत रहेका आठौँ तहका डा प्रतिक सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ । अहिले उनै केसीले निमित्तको हैसियतमा अस्पतालमा चलाइरहेका छन ।

यो पनि पढ्नुहोस्

-त्रिशूली अस्पतालकाे मेसू: कांग्रेसको फरक गुटका डाक्टरले हाजिर गर्न पाएनन्

-त्रिशुली अस्पतालमा कांग्रेसको गिद्दे नजरः गुट नमिल्दा हाजिर रोकेर मेसुको सरूवा नै बदर

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार ११:२८