५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बालाजु अटो वर्कशको वार्षिक डिलर कन्फेरेन्स २०२३ सम्पन्न, उत्कृष्ट डिलरहरुलाई अवार्ड वितरण


२८ भदाै, काठमाडाैं । महिन्द्रा गाडीहरुका लागि देशभर सक्कली पार्टस तथा सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको अग्नि ग्रुपको बालाजु अटो वर्कशले आफ्नो वार्षिक डिलर कन्फेरेन्स २०२३ सफलताको साथ सम्पन्न गरेको छ ।

“अग्रगामी सेवामा उत्कृष्टता” भन्ने मोट्टोका साथ आयोजित यस कन्फेरेन्सको समुद्घाटन बालाजु अटो वर्कशका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगल्करले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।

यस कार्यक्रममा कम्पनीले उत्कृष्ट डिलरहरुलाई अवार्डसहित सम्मान प्रदान गरेको थियो । जसमध्ये लोक सुशीला अटो कन्सर्नलाई BAW च्यानल डेभलपमेन्ट अवार्ड, युनिक आइडियल अटोमोबाइल्सलाई BAW उच्चतम भेहिकल रिटेन्सन अवार्ड र BAW बेस्ट इन्भेन्टरी म्यानेजमेन्ट अवार्ड, सेन्ट्रल सर्भिस सेन्टरलाई BAW उच्चतम सेल्स अवार्ड, ठाकुर अटो केयर सेन्टरलाई BAW सिस्टम एण्ड कम्प्लायन्स अवार्ड र इस्टर्न अटो पोइन्टलाई BAW स्टार डिलर अफ द इयर अवार्डले सम्मानित गरिएको थियो ।

साथै, कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माले आ-आफ्नो प्रस्तुति पनि दिएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १०:३६