१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सिट्रोनको ‘फेस्टिभ स्किम’ सार्वजनिक, नाडा अटो शोमा गाडी बुकिङमा गर्दा आकर्षक उपहार

२७ भदाै, काठमाडाैं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम–२०८० सार्वजनिक गरेको छ।

नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकका लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जनएको छ।

काठमाडाैंकाे भृकृटीमन्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ। यो स्किमअन्तर्गत सिट्रोन सी३ किन्न चाहने ग्राहकले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन्। त्यस्तैगरी सिट्रोनको विद्युतीय गाडी ईसी३ खरिद गर्न चाहने ग्राहकले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यी अफरहरुका साथै ग्राहकले नाडा अटो शो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन्। नाडा अटो शो शनिबारसम्म हुनेछ।

प्रकाशित मिति : September 13, 2023 at 3:39 pm