१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

हुन्डाई एक्सटर सार्वजनिक, चाँडै बुकिङ खुला हुने

२७ भदाै, काठमाडाैं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडाैंकाे भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो–२०२३ मा मंगलबार अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको एसएक्स भेरियन्टको हुन्डाई एक्सटर–एसयूभी अब चाँडै नै अरु भेरियन्टसहित बिक्री वितरण सुरु गर्ने जनाएको छ।

हुन्डाई एक्सटर ५ सिटर कम्प्याक्ट एसयूभी हो। जुन कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहनेछ। कम्पनीले ई, एस, एसएक्स, एसएक्स (ओ) गरी ४ भेरियन्टमा हुन्डाई एक्सटर ल्याउनेछ।

हुन्डाई एक्सटरमा आकर्षक ड्यासबोर्ड, उत्कृष्ट तरिकाले दिइएको एसी भेन्ट, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्विल र डिजिटल इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ।

हुन्डाई एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, इलेक्ट्रिक सनरुफ, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रीजस्ता फिचरहरु दिएर फुल्ली लोडेड एसयूभी बनाएको छ। बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्विल, फ्युचरिस्टिक डिजाइन, एच आकारमा आकर्षक डीआरएलएस दिइएको छ।

१८५ एमएम ग्राउन्ड क्लेयरेन्स र १९.२ किलोमिटर प्रतिलिटर माइलेज पाउन सकिन्छ। कम्पनीले यसलाई ६ कलर अप्सनमा ल्याउनेछ।

प्रकाशित मिति : September 13, 2023 at 3:31 pm