सिड इनर्जीले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बाेलायाे वार्षिक साधारणसभा
२७ भदाै, काठमाडाैं । सिड इनर्जी लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने एजेण्डासहित आफ्नो दोस्रो वार्षिक साधारणसभा बाेलाएकाे हाे ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको पुल्चोकस्थित होटेल स्क्वायरमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको अधिकृत पुँजी र जारी पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा प्रचलित धितोपत्रसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई छुट्याएको सेयर अंकित मूल्य वा प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्कासन गर्ने, आर्थिक वर्ष २०७९/८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : September 13, 2023 at 11:41 am









