२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले बागमतीका सबै औपचारिक कार्यक्रम दुई दिनका लागि स्थगित

२६ भदौ, काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीले पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ । संविधानसभा अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वङको निधन भएपछि सोही शोकमा एमालेले कार्यक्रम स्थगित गरेको हो ।

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले एक सर्कुलर मार्फत पार्टीका सबै गतिबिधि स्थगित गरेका हुन । एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि छनौटको काम हिजोदेखि सुरू भएको थियो ।

सहमति नभएका पालिकाहरूमा आज र भोलि गरी लोकतान्त्रिक प्रक्रियाबाट प्रतिनिधि छनौट गर्ने तयारी एमालेको थियो । अध्ययक्ष पाण्डेले २६ र २७ भदौका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएका छन ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०८:४२