११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

स्वस्थ जनता समृद्धिको आधारः मन्त्री बस्नेत

१६ कात्तिक,पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताउनुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार उद्घाटन गर्दै उहाँले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभएको हो ।

इम्पावर नेपाल फाउण्डेशनका अध्यक्ष एवं अमेरिकाको मिचिगन विश्वविद्यालयका प्रा डा मुरारी सुवेदीले रुपाको स्वास्थ्य, भौतिक विकास, खानेपानी, कृषिलगायत क्षेत्रमा हालसम्म रु चार करोड ५० लाख लगानी भइसकेको र त्यसबाट स्थानीय जनताको जीविकोपार्जनमा समेत सहयोग पुगेको बताउनुभयोे ।

उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँ पालिकामा रहेका पाँच स्वास्थ्यचौकीमा इम्पावर नेपाल फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा प्रयोगशाला सञ्चालन भएको र आगामी मङसिर महीनाभित्र सबै स्वास्थ्यचौकीमा औषधालयको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।स्वास्थ्य मन्त्रालयको रु दुई करोड ३० लाख आर्थिक सहयोगमा साढे दुई तल्लेसुविधासम्पन्न उक्त भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रा डा सुवेदीलाई गाउँपालिकाको तर्पmबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : November 2, 2018 at 10:15 am