२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छः प्रधानमन्त्री प्रचण्ड

२५ भदौ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् । आज विराटनगर पुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि विराटनगर पुगेका छन् ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ ।

सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १६:५३