१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

भावनालार्इ महंगो पर्यो प्रेमः बहुबिबाह गर्दा एक वर्ष जेल

१६ कात्तिक, डडेलधुरा । डडेलधुराकी एक महिला बहुबिबाहको अारोपमा एक वर्षका लागि थुनामा परेकी छिन । बहुविवाहको आरोपमा फरार रहेकी एक महिला अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेर कारागार चलान गरेको छ । डडेलधुराको आलिताल गाउँपालिका–१ की भावना नेपालीलाई प्रहरीले घरबाटै पक्राउ गरी कारागार चलान गरेको हो ।

बहुविवाह मुद्दामा डडेल्धुरा जिल्ला अदालतबाट ०७३ पुस २५ गते दस हजार जरीवानासहित ११ महिना २१ दिन कैद फैसला गरेलगत्तै फरार रहेकी नेपालीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उनलाई बिहीबार डडेल्धुरा जिल्ला अदालतमा बुझाइएको र अदालतले बिहीबार नै कैद भुक्तानका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले बताएका छन ।

प्रकाशित मिति : November 2, 2018 at 7:12 am