६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

भर्नुभयाे त ? चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२५ भदाै, काठमाडाैं । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज भदौ २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा गत भदौ १० गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। स्थानीयका लागि भने म्याद थप गरी आज भदौ २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हो।

कम्पनीले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ४ लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन गरेको हो। यो आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। स्थानीयले भोजपुरमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 11, 2023 at 9:58 am